Ticker

6/recent/ticker-posts

Advertisement

Responsive Advertisement

आदर्श माध्यमिक विद्यालयकाे आत्मा कथा

 

चिन्ताराम शर्मा, नेपालमा धेरै बिद्यालय आदर्श मा बि नाम भएका बिद्यालय छन तर म चाहिँ हालकाे संरचनाअनुसार कर्णाली प्रदेशकाे रुकुम पश्चिम अाठबिसकाेट नगरपालिका वडा नम्वर १४ बाके, ज्यामिरकाेटमा अबस्थित बिद्यालय हु ।म स्थानीय ब्यक्तिकाे सुजबुझ तत्कालीन सामाजिक अगुवा धनु मल्ल, कमारा पुन, कर्णे पुन, भुवन्नेश्वर उपाध्याय, चक्रबहादुर मल्ल र शिक्षक प्युठान निबासी लाेकेन्द्र बहादुर सिंहकाे सक्रीयतामा २०३० साल आषाडमा प्राथमिक पाठशालाकाे रुपमा स्थापना भएकाे हु । यस्तै स्थानीय नागरिक र जननिर्बाचित प्र तीनिधिकाे सक्रियता र चन्दा श्रमदान र सहयाेगबाट नि मा बि तह २०३५ सालमा परिणत भयकाे हु।समयकाे क्रमसंगै तत्कालिन गा बि स अनुदान र जनताकाे सहयाेगबाट २०५६ सालमा माध्यमिक तहमा स्तर उन्नति भएकाे हाे यस्तै मेराे सेवा क्षेत्रका अगुवा समाजसेबी र अगुवा ब्यक्तिकाे अगुवाईकाे सक्रियतामा २०६५ सालमा साबिककाे उच्च मा बि ।कक्षा११/१२ काे अनुमती प्रा प्त गरेकाे थिए ।



हाल सम्म यहि अबस्थामा रहेकाे छु।हाल बा बि के देखिकक्षा १२ सम्म पढाइ हुने गरेकाे छ ।जम्मा विद्यार्थी संख्या ५ ०५ र शिक्षक कर्मचारीसंख्या२० जना छन।म अबस्थित भूगाेल भिरालाे र दुर्गम छ अासपासमा बस्ती न्यूनछ खास २ गाउकाे बिचमा मलाई मिलायर स्थापना गरेकाेले मेराे याे अबस्थि ती रहेकाे हाे । स्थापनाकाल देखि हालसम्म म काहा धेरै बिद्यार्थीले पठनपाठन र धेरै शिक्षकले अध्यापन गरि सकेका छन ।याहाका शिक्षक, विद्यार्थी अहिले बिभिन्नक्षेत्रमा विभिन्न पेसामा अाबद्द छन ।देशमा संघीय लाेकतन्त्रान्त्रिक गणतन्त्रात्मक बयबस्था कार्यान्वयन भएकाे छ।देशमा स्थानीय,प्रदेश र संघीय सरकार छन।नेपालकाे संविधान २०७२ मा मा बि तह सम्म बिद्यालय तहसम्मकाे शिक्षाकाे जिम्मेवारी स्थानीय सरकारकाे जिम्मा हुने ब्य बस्था गरिएकाे छ ।

मैले पञ्चायत, बहुदलहुदै अाज गणतन्त्र सम्म अाईपुगेकाे छु । अस्ति, हिजाेकाे अबस्था सम्म जे थिय अबकाे अबस्थामा परिबर्तन भएर मेराे सेवाक्षेत्रभित्रका बालबालिकाकाे असल सिकाइकेन्द्र बन्ने मेराे ठूलाे ईच्छा बढ्याे।तैपनि मेराे भाैतिक, शैक्षिक, अार्थिक अबस्था साेचेझै माथी उस्कना सकेकाे छैन ।तिताेसत्य म बिबिध ईच्छा, चाहाना, अाकांक्षा असल भाैतिक पुर्बधाार,गुणस्तरीय शिक्षाकाे लागि सधै चिन्तीत छु तर मेराे उक्त साेचलाई कसले बुझि दिन्छर?”सासुले बुहारी अराइ बुहारीले कुकुर अराई कुकुरले पुच्छर डाेलाई” भनेझै मलाइ ब्यबस्थीत र स्तरीय बनाउन कस्ले अाफ्नाे भूमिका निर्भाह गर्ने याे ठूलाे चुनाैतीकाे बिषय बनेकाे छ ।

देशमा भएकाे परिबर्तनबाट म धेरै खुसि भय अब मेराे भाैतिक, शैक्षिक अबस्थामा सकारात्मक परिबर्तन हुन्छ म असल सिकाई थलाे बनेर सबैकाे मनचुम्ने बिद्यालयबन्छु तर मेराे साेचाईमा कसले सुधारकाे इटा थप्ने।म अरु विद्यालयकाे पंतीमा पुग्न रहर छ तर म केगरु मसंग एक्लै तेस्ताे मजबुत क्षमता छैन ।प्राकृतिक साैनदर्यताछ ,पूराना माेडेलका भबन छन,सामान्य खेलमैदान,कम्पाउण्ड घेराबार,कम्प्यूटर प्रयाेशाला, छात्रबास भबन,ब्यबस्थित खाने पानी ,पूरानै भबन भयपनि रङ्गराेगन,बेबस्थित पुस्तकालय, प्राबिधिक शिक्षाकाे सुरुवात मेरा चाहाना हुन यी समस्या समाधानका पहल कतैबाट सुरु भयनान ।

यिनै कामकाे लागि म प्रधानाध्यापक, शिक्षक, बि ब्यस यहाका राजनैतिक, निर्बाचित प्रतिनिधिलाइ सधै झकझकेउछु अब अबेर भैसक्याे केही गराै उनीहरु पनि भन्छन हामी गर्दै छाै स्थानीय, प्रदेश ,संघीय सरकारसंग कुरा भै रहेकाेछ पटक पटक याेजना प्रस्ताब पेश गरि राखेकाछाै सरकारका जिम्मेवार अादर्णीय ब्यक्तित्वबाट पनि अाश्वासन पाइएकै हुन्छ कहिलेत मेरै प्राङगणकाे स्टेचबाट पनि मलाइ सिंगारिने कयाै कुरा पनि अाेईरन्छन तेतिखेर म मख्ख पर्छु तर ती बाचा पनि गेट बाहिर गैसके सड्न सुरु गरिहाल्छन।

म धेरै समयदेखि नियमित रकम बाहेक कतैबाट अरु कुरा पाउदिन पहिलेझै अभिभाबककाे दान चन्दा र जनसहभागिता पनि पाउदिन मेराे स्थापन कालकाेजस्ताे माया सुकि सकेकाेछ ाअब म एक्लाे भैसकेकाेछु तेसैले मेरा चाहाना,ईच्छा, सुध्रिने, असल सिकाईकेनद्र रब्यबस्थित बिध्यालय बन्ने सपना सुक्न थाल्छन तैपनि मलाइ मकहा सिक्न अाउने बालबालिका प्रति माया लागेर अाउछ कसैले केही नगरेपनि यी भबिष्यका कर्णधार हुन समाज बनाउन, देश बनाउन यिनकाे भबिष्य मैले हेर्नू पर्छ भन्ने लाग्छ म निशब्द भै सहनसिल बनेर जुट्छु।गतसाल स्थानीय सरकारबाट मेराे अाधुनिक स्वरुप निर्माणका लागि डि पि अार भएकाे देख्दा खुसि भय तर त्याे पनि तेत्तिकै सेलायाे सपनामा सिमित रह्याे।

मकहा अध्ययन गर्ने बालबालिकाले अरुसंग कसरी प्रतिस्प्रधा गर्ने यहि पिरलाेले घाेत्ल्याई रहन्छुतर मप्रती कस्काे मन सहयाेगकाेलागी जुट्छर? जेहाेस म बिद्यालय हु म सबैलाइ समुचित सेवा दिन चाहान्छु अन्तिम अनुय, बिनय गर्छु स्थानीय, पर्देश, संघीय सरकार र अभिभाबक,राज नैतिक महानुभाब, गैरसरकारी संस्था, शिक्षक, बिद्यार्थी पूर्ब शिक्षक, विद्यार्थी सबैले अा अाफ्नाे क्षत्रबाट निस्वार्थ सेवा गराै र मलाइ अाधुनिक बिद्यालय बनाई असल सिकाई थलाे बनाउन पहल गरि दिनाेस म सधै यी बालबालिकाकाे उज्वल भबिष्य बनाउन अन्तिम ताकत लगाउछु ।

एक पटक जिम्मेवार ढंगबाट अात्म मूल्याङ्कन सबैले गराै कसले मलाई के गर्न के कार्यक्रम केयाेगदान दिनुभयाे यसैमा म अाभा री हुनेछु यी सबै मेरा अभिब्यक्त बेथा कथा समाज रुपान्तरण, बालबालिकाकाे उज्वल भबिष्य निर्माण, दक्ष नागरिक उत्पादनका लागि र असल सिकाईकेन्द्र निर्माणका निस्वार्थ भावना हुन ।मलाई यथास्थितीमा जिर्ण भयर दुखकाे पाेका भित्र लुकेर बस्न “अाईज रात गैजा दिन” भनेर बालककाे पुस्ता बिगार्नु छैन म जिउदाे बिद्यालय बन्न चाहान्छु तर सबैकाे साथ सहयाेग पाउन अनु,राेध गर्दछु ।म बदलिय भनेमात्र बालबालिका बद्लनेछन उनिमा निपुणता अायाे भनेमात्र देश समाजकाे रुपाण्तरण संभब छ ।तर, तर ,तर, मलाइ सबैले सम्झनाेस लगानी गर्नाेस, माया गर्नुहाेस , अाफ्नाे जिम्मेवारी पु,र।

गरिदिनाेस म साच्चिकै शैक्षिक थलाे बनिदिन्छु देशकाे खाचाेमा अाधारित सक्षम नागरिक जन्माईदिन्छु ।अनिपाे तपाइहरुकाे छाती गरुङ्गाे हुनेछ पछिकाे पिडीले तपाईकाे याेगदान सम्छेर गाैरबका साथ ताली हान्नेछन तपाइकाे भावना र याेगदान बिद्यालयी इतिहासमा चमकिलाे मसिले झलल देखिनेछ। मेरा साेच बालबालिका का निम्ति हुन बालबालिकालाइ राम्राे बनाउन सकियाे भनेमात्र सबै बिकासका मुहान बर्षे झरणझै अाेईरन्छन भन्ने कुरा सबैले मनन गराै फेरि पनि एक पटक जुटाै हैत । धन्यबाद ।

                -लेखक श्री आदर्श मा.वि. आठबिसकोट १४ रुकुम पश्चिम
                   प्रधानाध्यापक

Post a Comment

0 Comments